२०८२ असार ८ आइतबार

राशिफल

नेपाल भारत मैत्री पशुपति धर्मशाला बतास समूहबाट खोस्ने मन्त्रि आलेको : निर्णय

काठमाडौं :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले नेपाल भारत मैत्री पशुपति धर्मशाला बतास समूहबाट खोस्ने निर्णय गरेका छन् । सोमबार मन्त्री आलेको समेत उपस्थितिमा बसेको पशुपति विकास कोषको बैठकले यस्तो निर्णय गरेको हो ।

कोषले हाललाइ यो निर्णय गोप्य राखेको छ । सोमबार नै निर्णय भए पनि मन्त्री आले आफैँ धर्मशालामा जाने र ताला लगाउने योजनामा रहेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । त्यसका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई प्रहरी सहयोगका लागि पत्र लेख्ने तयारी छ ।

आलेले बिहीबार बिहानै १० बजे बतासलाई सम्झौता भंग भएको लिखित जानकारी दिन कोषका कर्मचारीलाई निर्देशन दिएका छन् । त्यसपछि मन्त्रीज्यू आफैँ धर्मशालाको मूल गेटमा जाने तयारी गरिएको बताए ।

मन्त्री आलेको पछिल्लो कदमबारे बतास समूहले उच्च र सर्वोच्च अदालतमा मुद्दा दायर गरेको अवस्थामा यस्तो निर्णय नगर्नु उचित हुने सुझाव कोषका केही अधिकारीले दिएका थिए । विचाराधीन अवस्थामै यस्तो निर्णय हुँदा अदालतको मानहानी हुन सक्ने उनीहरूको सुझाव थियो ।

आफूहरू मन्त्रालय र पशुपति विकास कोषकाविरुद्ध अदालतमा गएको र उच्च अदालतमा मुद्दा विचाराधीन नै रहेकोले आफूहरूले जवाफ नपठाएको बतास समूहको भनाइ छ।