२०८२ असार ८ आइतबार

राशिफल

टिप्परको ठक्करबाट २ बालिकाको मृत्यु

काठमाण्डौ : काठमाण्डौको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाका बुवा गम्भीर घाइते भएका छन् ।

बिहान पौने ८ बजेतिर बा ५१ प ८७३३ नम्बरको मोटरसाइकलमा स्कूल जाँदै गरेका बेला उनीहरुलाई बा ४ ख ६९६५ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । मृतक बालिकाका बुवा रोहन घिसिङले चलाएको मोटरसाइकलले अर्को गाडीलाई बाटो छोड्ने क्रममा टिप्पर ब्याक सर्दा मोटरसाइल किचीएको स्थानीयबासिन्दालाई उदृत गर्दै घटनास्थलमा रहेका प्रहरी निरीक्षक खड्काले बताए

 

दुर्घटनामा गम्भीर घाइते भएका बालिकाका बुवा रोहन घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।