२०८२ असार ८ आइतबार

राशिफल

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं : स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ ।

नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ ।