२०८२ असार १ आइतबार

राशिफल

अर्बपतिको संख्या ८७ पुग्यो

काठमाण्डौं : विश्वमा ४० वर्षभन्दा कम उमेरका अर्बपतिको संख्या ८७ रहेको छ ।

यो सम्पत्ति उनीहरुले आफ्नै मेहनतले कमाइ गरेको समाचारमा जनाइएको छ । गत वर्षभन्दा यो अर्बपतिको सूचीमा यो वर्ष ८ जना थपिएका छन् । हुरुन र सांघाइको कम्पनी हाइभिन वेल्थकातर्फबाट जारी सूचीमा यो अवस्था देखिएको हो ।

हुुरुन ग्लोबल फोर्टी एन्ड अन्डर सेल्फ मेड बिलिनियरिज–२०२२ सूचीका अनुसार ३७ अर्बपतिका साथ अमेरिका पहिलो स्थानमा छ । यसपछि २५ अर्बपतकिा साथ चीन दोस्रो स्थानमा छ ।

८ अर्बपतिका साथ बेलायत भारतलाई पछि पार्दै तेस्रो स्थानमा रहेको छ । बेलायतले सूचीमा ३ स्थान सुधार गरेको हो ।

१ वर्षमा अमेरिकामा ६ र बेलायतमा ५ अर्बपति बढेका छन् । चीनको संख्यामा भने ५ जनाले कमी आएको छ । यसैगरी भारत ६ अर्बपतिका साथ यो सूचीमा चौथो स्थानमा छ ।