गणेश खड्का/काठमाण्डौं : महानगरपालिका वडा नं. ४ मा चप्पल कारखाना मा शंखपार्कको रुपमा सार्वजनिक पार्कस्थापना गरिएको छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागद्धारा वायु प्रदुषण कम गर्ने उदेश्यले शंख पार्क निर्माण गरिएको हो ।
जम्मा १७ रोपनी जग्गामा फैलिएको यस पार्क लगभग ३६ वर्ष लामो समयदेखि संचालनमा आएको छ । वि.सं. २०४२ सालमा रजत जयन्तीको अवसरमा पंचायत कालमा स्थापना गरिएको र विभिन्न कालखण्ड हुँदै संघीयता लागू भएपश्चात मात्र काठमाडौं महानगरपालिकाले हेर्दै आएको शंख पार्क समितिका प्रमुख हरिशरण केसीले बताएका छन् ।
उनका अनुसार यस पार्कको सुरक्षाका लागि एक जना मात्र सुरक्षा गार्ड भएकाले पार्कभित्रको सम्पुर्ण कार्य तथा रेखदेख गर्न अलि कठिन परेको छ ।
यस पार्कमा काम गर्नका लागि नगरपालिकाले दुई जना कर्मचारी खटाएको छ । तर पार्क बिहानदेखि बेलुकीसम्म खुल्ने भएकाले पनि पार्कभित्रको सम्पूर्ण जिम्मा दुई जनाले मात्र गर्न असंभव देखिन्छ ।
पार्कभित्र आउँने मानिसहरुले पार्कभित्र रोपेका फुल तथा विरुवाहरु उखेल्ने तथा फुलको बगैँचामा बसेर फोटो खिच्न मनाही भनेर सुचना टाँसेपनि सुरक्षा कर्मीको अभावमा घुम्न आउने मानिसहरुले फोटो खिच्ने र टिकटक बनाउने गतिविधिले फुल्को नष्ट हुन्छ ।
यसको संरक्षणका लागि नगपालिकाले निश्चित समय संचालन गर्ने र पार्कभित्र त्यस्तो गतिविधि गरेको पाइएमा समितिले कार्वाही गर्न र गराँउन सकेमा मात्र पार्क अझ बढी सुरक्षित हुन सक्छ ।
आर्थिक वर्ष २०७७/७८ मा शंखपार्क एकाइ समितिले महानगरपालिकाको १० लाख बराबरको आर्थिक सहयोगमा पार्कभित्र पर्खाल लगाउने काम सम्पन्न गरेको थियो । जसका कारण पार्कभित्रको सौन्दर्यता र सुरक्षा बढेको छ ।
केसीका अनुसार महानगरपालिकाले आगामी दिनमा पार्कभित्रको प्रवेशका लागि शुल्क लिन सक्ने संभावना पनि रहेको छ । पार्कभित्र इनारमा जम्मा गरेको पानी बेलाबेला सफा गर्ने गरेको पनि एकाई प्रमुख केसीको भनाइ छ ।
पार्कमा विभिन्न किसिमका धार्मिक तथा मनोरञ्जनात्मक खेल तथा व्यायमका लागि चाहिँने सामाग्रीको स्थापना गरिएको छ । विगत लामो समयदेखि सञ्चालनमा आएको पार्कमा विभिन्न प्रकारका फुल तथा बोटविरुवाहरुलाई सजाएर महानगरपालिका तथा समितिले संरक्षण तथा सम्बद्र्धन गर्दै आएको बताइन्छ ।
कम कर्मचारी तथा सुरक्षाकर्मी भएकाले पनि पार्कभित्रको सुरक्षा व्यवस्था अलि फितलो देखिन्छ । सार्वजनिक पार्कमा आएका मानिसहररुले शारिरीक व्यायमका सामानहरु सबैले प्रयोग गर्न जानेका भने हुँदैनन् ।
केही मानिसहरुले प्रयोग गर्न जाने पनि अधिकांसले प्रयोग गर्न नजान्ने भएकाले पनि समानहरु चाँडै टुटफुट हुनसक्छ । त्यसैले महानगरपालिका तथा पार्क समितिले व्यायामका सामाग्रीहरुको सुरक्षाका लागि बिहानदेखि बेलुकीसम्म एक जना सुरक्षाकर्मी थपेर रेखदेखमा थप व्यावस्था मिलाउनुपर्ने देखिन्छ ।
यसो गर्न सकेमा मात्र पार्कभित्रको सुरक्षा व्यवस्था मजबुद्ध हुन सक्छ त्यसैले गर्दा पनि पार्कभित्रको संरक्षणमा अझ थप महत्व दिनुपर्छ । काठमाडौं महानगरपालिकामा रहेका पार्कमा मनोरञ्जनका लागि साधारणदेखि विशिष्ट मानिसहरुको समेत उपस्थित हुने गर्दछ ।
सयौँ प्रकारका फुल तथा बोटविरुवाहरुले सजिएको पार्क साँच्चै नै मनोरम छ । पार्कमा प्रवेश गर्ने मानिसहरुका लागि समितिले बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म पार्क खुल्ला गर्दै आएको छ ।
बिहानी समयको मिरमिरे किरणसंगै पार्कमा ठुलो संख्यामा मानिसहरु आईपुग्छन् । उक्त समयमा मानिसहरु त्यतिकै भेला हुने गर्दैनन् त्यहाँ स्वच्छ वातावरण तथा शारिरीक व्यायमका लागि चाहिँने सबै समाग्रीहरुको व्यवस्था महानगरपालिकाले निःशुल्क उपलब्ध गराएको हुनाले पनि यस क्षेत्रमा आउँने मानिसहरुको संख्या बाक्लो हुने गर्दछ ।
पार्कभित्र लगभग आठदेखि दश प्रकारका शारिरीक व्यायमका लागि चाहिँने सामाग्रीहरुको व्यावस्था गरिएको छ । त्यतिमात्र हैन सेवा निवृत भएका पुर्ण आन्ते र उनको समुहले विगत दश वर्षदेखि विहान १ घण्टा निःशुल्क योगा सिकाउँदै आएका छन ।
योगामा बालक, वृद्ध, वृद्धा तथा योङ जेनेरेसनका नागरिकहरुको सहभागिता हुने गर्दछ । आन्तेका अनुसार विभिन्न शारिरीक समस्या भएका मानिसहरुले योगा अभ्यासमा समावेश भएर लाभ लिइरहेका छन ।
विहानी समयमा सबैको समय पनि फुर्सद नै हुने भएकाले सहभागिता बाक्लो रहेको छ । पार्क भित्रको वातावरण सफा छ । समितिले पार्कभित्रको फोहोर व्यवस्थापनको पनि राम्रो व्यावस्था मिलाएको छ ।
त्यतिमात्र नभएर शौचालयको पनि राम्रो व्यावस्था गरिएको छ । यस पार्कभित्र प्रवेश गर्नासाथ फरक महसुु हुने गरेको उपस्थित मानिसहरु बताउँछन् । पार्कभित्र आएका मानिसहरु भने फरक, फरक क्रियाकलापमा व्यस्त देखिन्छन ।
पार्कभित्र प्रवेश गरेका मानिसहरु कोहि रनिङ, योगा, ध्यान, मेडिटेशन, जिमद्धारा विभिन्न शारिरीक कसरत गरिरहेका हुन्छन । जब आठ बज्न थाल्छ त्यपछि पार्कभित्र उपस्थित हुनेको संख्या क्रमिक रुपमा पातलो हुँदै जान्छ तर दिनभरि पार्क भने खाली हुँदैन ।
वायुप्रदुषण कम गर्ने उदेश्यले यस पार्कभित्र २०/२५ बोट विरुवाको संरक्षण गरिएको छ । वन तथा वातावरण विभाग, महानगरपालिका र पार्क समिती समुहबाट पार्क व्यवस्थापन तथा हेरचाह गरिरहेको छ । तर यसको थप व्यवस्थापन तथा रेखदेखका लागि भने महानगरपालिकाले थप पहल कदमी चाल्नु पर्ने देखिन्छ ।
तपाइँको प्रतिक्रीया