२०८२ जेठ २० सोमबार

राशिफल

सबै खेल जितेर उपाधि हात पार्ने योजना छ  :  सन्दीप लामिछाने

काठमाडौं  :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले सबै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ ।

‘सबैले राम्रो खेलेर जित निस्कियो । सबै खेल जितेर फाइनल जित्ने योजना छ । अझै पनि हामी फाइनल पुगेको छैनौं । अझै एक खेल बाँकी छ । आज बलरलाई क्रेडिट जान्छ । पहिलो बलमै विकेट लिनु राम्रो हो,’ लामिछानेले भने ।