२०८२ असार १ आइतबार

राशिफल

अब पोखरामा साँस्कृतिक महोत्सव हुने

काठमाडौ  :  द वर्ल्ड कल्चर आर्टिस एसोसिएसन नेपाल र सो जे एम इन्टरटेनमेन्टको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिभल (साँस्कृतिक महोत्सव) आयोजना हुने भएको छ ।

अगामी सन् २०२३ को डिसेम्बरमा आयोजना हुने र १५ दिनसम्म चल्ने सो फेस्टिभलमा विश्वका ८० देशका गायक गायिका, ब्यान्ड, मोडल तथा सर्कसहरूका दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपालका अध्यक्ष डम्बर बहादुर बिसीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड्डयन मन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको विकास हुनुका साथै कोरोनापछि विश्वमा नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार भएको हो ।