रमन वन/काठमाण्डौं – बुधबार बिहानै बागबजार नजिकै रहेको रत्नराज्य लक्ष्मी क्याम्पस परिसरमा केही संख्यामा विद्यार्थीहरु देखिन्थे । त्यहाँ देखिएका केही विद्यार्थीको हातमा झाडु र डस्बिन थियो भने केहीको हातमा कुचो थियो ।
उनिहरु यति बिहानै किन आए ? भन्ने मलाई लाग्न थाल्यो । मैले हेरिरहेँ । केहीसमय पश्चात नै अरु विद्यार्थीहरु पनि बिहानको कक्षा पढ्न विद्यालयमा आउँन सुरु गरे ।
बिहानै क्याम्पस पुगेको विद्यार्थी टोलि भने क्याम्पसको रुम नम्बर ३४ तर्फ अगाडी बढ्यो । र उक्त टोलीले ३४ नम्बरको कक्षा भित्र पसेर सरसफाई कार्यक्रमलाई अगाडी बढायो ।
केही विद्यार्थीले कक्षामा वर्षौंदेखि माकुराले बनाएको घर भत्काउन थाले भने कतिपयले भुईँमा थुप्रिएको धुलो कुचोले बढार्न सुरु गरे । अनि मलाई त्यो देखेर अचम्म लाग्यो ।
अनि बाहिर निस्किएर सोच्न थालें । किन भने पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ठाउँहरुबाट विद्यार्थी अध्ययनका लागि आउँने यति ठुलो क्याम्पसमा फोहोरको चैं किन व्यवस्थापन नभएको होला भनेर ।
मैले सोच्न थालेँ ! हुन त आजभोलि हरेक ठाउँमा राजनितिक माहोल बढेको छ त्यही भएर पो हो कि ? अहँ त्यो पनि हैन, क्याम्पस प्रशासनको लार्पावाही हो त ? उँ, त्यो चैं सायद हुन सक्ला ।
आज भोलि के के नै गर्छु नेपाललाई अमेरीका, अमेरीकालाई नेपाल बनाउँछु भन्दै हिँड्ने भुँईफुट्टे नेताहरुकै प्रभाव परेर पो यस्तो हुन पुगेको होला ।
तर शिक्षा क्षेत्रमा राजनितिक घुसाउँनु चैं त्यति धेरै स्वाभाविक भने हैन भन्दै म विद्यार्थीहरुले सरसफाई गरिरहेको कोठामा गएर नियाल्न सुरु गरेँ।
हेर्दा हेर्दै उनिहरुले कक्षा सफा गरिसकेर क्याम्पसको खेलमैदानमा गए । त्यहाँ धेरै कागज, पातपतिंगर थियो । केही विद्यार्थीले पातपतिंगर टिपेर जम्मा गरे भने केही विद्यार्थीका ध्यान क्याम्पसको आँगनमा उम्रिएको हरिया झार तर्फ गयो ।
र केही बेरमै क्याम्पस प्रांगण पनि सफा बनाए । उनिहरुको कामको सुरुवातदेखि नै नियालिरहेको म पनि नजिकै गएर तपाईँहरुलाई सरसफाई गर्ने विचार कहाँबाट आयो ?
खासमा कलम समाउँने यि हातहरुले आज झाडु समाएको देखिरहेको छु नि ? मेरो प्रश्नको जवाफ दिँदै एक विद्यार्थीले भने हामी यहाँ खासमा त पढ्नका लागि आएको हो तर विद्यालयको यो अबस्था देखिसकेपछि हाम्रो मनमा एउटा समुह बनाएर सामाजिक कार्य गर्ने विचार आयो ।
जसपश्चात स्नातक पहिलो वर्षका ईच्छिुक साथीहरु एकिकृत भएर हामीले “थाक्ने हैन जाग्ने समय हो, युवाको भविष्य हामिले नै खोज्ने हो” भन्ने मुल नारासहित आर्जु खड्काको अध्यक्षतामा २२ सदस्य कार्यसमिती उर्जाशिल युवा समुह गठन ग¥यौं ।
काठमाडांैको भृकुटीमण्डपमा गठित समितीको उपाध्यक्षमा रमन वन (राम बहादुर) कोषाध्यक्षमा पारस श्रेष्ठ, सचिवमा प्रकाश कपाली, सह–सचिवमा धनादिप सुवेदी (प्रख्यात), वरिष्ठ सदस्यीयमा सुस्मिता खड्का चयन भए ।
यस्तै समितीको सदस्यहरुमा निकिता खनाल, रेस्मा गुरागाई, सुस्मिता ढकाल, दर्शन खड्का, निकिता विश्वकर्मा, प्रवेशराज पाण्डे, आयुस्मा गिरि, प्रीयङ्का भट्टराई, एकेन्द्र खत्री, सुस्मिता ढकाल, देवराज गिरि, अरमिता पराजुली, आयुष मगर, रमेश थापामगर, निर्मलराज शाही, अन्जान बस्नेत, ध्रुब नेपाल चयन भएका थिए । त्यही टिमको सक्रियताबाट हामीले क्याम्पस परिसर सरसफाई गरेका हौं” उनले भने,
दायित्व निर्वाह भएन
क्याम्पस सञ्चालन गरिसकेपछि सरसफाई गर्ने दायित्व पनि क्याम्पस प्रशासनकै हुन्छ । तर यहाँ क्याम्पसमा जिम्मेवारी बोकेका व्यक्तिहरुले व्यवास्था गरिदिँदा अहिले रत्न राज्य क्याम्पस परिसर दुर्गन्धित हुने संभावना बढेको छ । लिएको जिम्मेवारी बोध गर्न नसक्दा नै अहिले अधिकांस सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर खच्कँक्दै गइरहेको छ ।
माकुराले घर बनायो
क्याम्पसभित्रै माकुराले घर बनाउँदा पनि प्रशासनले चासो देखाएको छैन् । बेन्चमा बसेर पढिरहेका विद्यार्थीहरुलाई माकुराले टोक्ने संभावना धेरै छ । त्यति मात्र हैन चैत बैशाखको समयमा हावाहाहुरी चल्दा माकुराको जालो खसेर पढाईमा अवरोध हुने गरेको एक विद्यार्थीले गुनासो गरे।
दैैनिक आउँदैनन् शिक्षक
बिहानै निन्द्रा समेत नभनी विद्यार्थीहरु क्याम्पस पुगे पनि शिक्षकहरु पढाउँन नआउँदा विद्यार्थीहरु चिन्तित छन् । कहीले क्याम्पसमा आउँने र कहिले कक्षामा उपस्थित नहुने तथा भए पनि आफ्नो काम दर्शाउँदै जाने शिक्षकको कारण विद्यार्थीको पढाईमा समस्या भएको छ ।
सेक्सन अभाव
विद्यार्थी अनुसार कक्षा कोठा व्यवस्थापन हुनुपर्ने भएपनि त्यसो नहुँदा अध्ययनका लागि गएका विद्यार्थीहरु ५ जना सम्म एउटै बेन्चमा बसेर पढ्न बाध्य छन् । यसरी परयाप्त कक्षा कोठा नहुँदा विद्यार्थीहरुलाई बस्नको लागि त समस्या भएको छ नै पढाएको बुझ्न समेत मुस्किल परेको उनिहरु बताउँछन् ।
कस्तो जाला सन्देश
सोही क्याम्पस परिसरमा थुपारिएको बियरको बोतल अनि पराग खाएर छरपष्ट रुपमा फालिएका परागका पत्ताहरु देखेर बिद्यार्थीहरुले के सिक्लान् । विद्यालय जस्तो पवित्र ठाउँमा पनि लागु पदार्थ, मादक पदार्थ खाएर बोतलहरु फालिएको देख्दा विद्यार्थीहरुमा के सन्देश जाला ? यि कुराहरुमा क्याम्पस प्रशासनले समयमै ध्यान दिएर अगाडी बढ्न आवश्यक देखिन्छ ।
तपाइँको प्रतिक्रीया