२०८२ असार ८ आइतबार

राशिफल

मुख्य योजना तथा कार्यक्रम सात दिनभित्र पेस गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि मुख्य योजना तथा कार्यक्रम सात दिनभित्र पेस गर्न संघीय सरकार मातहतका मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको थियो ।

छलफलमा संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्ने गरी कस्तो योजना र नीति बनाउने भन्नेबारेमा सात दिनभित्र कार्ययोजना पेस गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएको हो ।

उहाँले सबै मन्त्रालय र निकायलाई चालू खर्च घटाउने योजना पनि पेस गर्न पनि निर्देशन दिए । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षको बजेटलाई अहिलेको भन्दा धेरै रूपान्तरण गरी तयार गर्नुपर्ने चुनौती रहेको बताए ।