२०८२ असार ८ आइतबार

राशिफल

सरकारको लक्ष्य : १० वर्षभित्र नेपाललाई एसियाकै सम्पन्न देश बनाउने

काठमाडौं :  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।


बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै उनले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताए ।