२०८२ असार ८ आइतबार

राशिफल

वर्तमान सरकारको काम गर्ने क्षमता र दक्षता दुवै नहुँदा देश विकासमा पछि पर्यो  :  ओली

काठमाडौँ  :  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् ।

जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासका आयोजना समेत कटौती गरेको आरोप लगाएका हुन् ।

‘ उनले भने ,‘ मेरो सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्यो तर अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भयो ।’

चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँँने र स्थानीय तहका सदरमुकामसम्म पुग्ने सडक कालोपत्रे पनि गर्ने ओलीले बताएका छन ।