काठमाडौं : गठबन्धनमा आवद्ध दलका नेताहरुले सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान निकाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । आज बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त सुझाव दिएका हुन् ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ एवम् सांसद दुर्गा पौडेलले ‘भारत भ्रमणका क्रममा सीमाको विषयलाई कुटनीतिक तवरले समाधान निकाल्न सत्ता गठबन्धनका अन्य दलका नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिएकी छिन् ।
प्रधानमन्त्री देउवा चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाने भएकाले भारत भ्रमणका क्रममा सिमा तथा सुरक्षाको विषयलाई सुल्झलाउन सहज होस भन्ने हैसियतले उनीहरुले यस्तो सुझाब देउवालाई दिएका हुन् ।
तपाइँको प्रतिक्रीया