काठमाण्डौं : ललितपुरको कुमारीपार्टीस्थित कान्तिपुर भ्यालि क्याम्पसमा फुड फिएस्टा कार्यक्रम सुरु भएको छ । PUBOSS ±2 का विद्यार्थीहरूद्वारा आयोजित फुड फिएस्टा कार्यक्रम आजबाट सुरु भएको हो ।
चैत्र १९ गतेसम्म सञ्चालन हुने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस म्यानेजमेन्टमा आफ्नो सीप प्रदर्शनी गर्ने आयोजकले जनाएको छ ।
साथै आफ्नो ज्ञानको उत्सव मनाउँनेछन् भने आविष्कार साझा गर्ने समेत बताइएको छ । कार्यक्रममा ललितपुर भित्रका करिब २५ विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु सहभागी हुने छन् ।
सहभागी विद्यार्थीहरुले प्रदर्शनीमा राखिएका खानेकुराहरुको अवलोकन गर्नुका साथै १ सय रुपैयाँसम्मको खानेकुरा निःशुल्क खान पाउँनेछन् । यदी १ सय रुपैयाँ भन्दा बढी मुल्यको खानेकुरा खाएमा भने शुल्क तिर्नुपर्ने बताइएको छ ।
यस्तै क्याम्पस परिसरमा १२ ओटा फरकफरक स्टलहरू रहेका छन् । स्टलबाट विद्यार्थीहरूले ५० ओटा भन्दा बढी प्रकारका खाना र पेय पदार्थहरू प्रदर्शन तथा बिक्री गर्ने क्याम्पसकी कार्यक्रम संयोजक सलिना खनालले जानकारी दिईन् ।
प्रदर्शनमा राखिएकामध्ये उत्कृष्ट बिक्री हुने स्टल, उत्कृष्ट सजाइएको स्टल र उत्कृष्ट फोहोर व्यवस्थापन स्टललाई पुरस्कार समेत वितरण गरिने उनले बताईन् ।
उक्त कार्यक्रमको उद्धाटन ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जनले केक काटेर गरेका थिए ।
उद्धाटनको अवसरमा क्याम्पसका उपप्राचार्य जितेन्द्र अमात्यले स्टल तथा क्याम्पसको बारेमा जानकारी गराउँदै सम्पुर्ण स्टलहरु अवलोकन गरेका हुन् ।
तपाइँको प्रतिक्रीया