२०८२ असार ८ आइतबार

राशिफल

इजाजतप्राप्त हतियार बुझाउन प्रशासनले दियो निर्देशन

काठमाडौं   :  जिल्ला प्रशासन कार्यालय मनाङले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन निर्देशन दिएका हुन् ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको छ ।

प्रजिअ आचार्यका अनुसार स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको हो । तोकिएको समयमा हतियार नबुझाएमा कानुनबमोजिम कारबाही हुने भएको छ ।