काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ ।
बजेट तर्जुमासम्बन्धी काम थालिसकेको मन्त्रालयले मागेअनुसार नागरिकस्तरबाट सुझाव प्राप्त भए र समेटिए ‘नागरिक बजेट’ सूचकमा नेपाल थप बलियो हुनेछ ।
मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका अनुसार बजेट तथा कार्यक्रमलाई बढी जनमुखी, प्रतिफलमुखी र कार्यान्वयनयोग्य बनाउन सुझाव माग गरिएको हो । यही लक्ष्यसाथ हाल सरोकारवालाहरुसँग छलफल एवम् परामर्श तथा सुझाव संकलन थालिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले उद्योगी, व्यवसायी, बुद्धिजीवि, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आमनागरिक एवम् बजेट तथा कार्यक्रममा सरोकार राख्ने सबैसँग लिखित वा मौखिक रूपमा सान्दर्भिक विषयवस्तुमा सुझाव माग गरेको हो ।
यस्तो गर्नाले सबैको सुझाब संकलन गर्ने र बजेट माग गर्न सहज हुने समेत मन्त्रालयले बताएको छ । सबैको सुझाब पेश गर्नका लागि अन्तिम मिति भने २०७८ चैत मसान्तभित्र रहने उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रीया