२०८२ असार ७ शनिवार

राशिफल

तराई मधेश राष्ट्रिय अभियानको भेला शुक्रबारदेखि

काठमाडौं   :  तराई मधेश राष्ट्रिय अभियानको राष्ट्रिय भेला हुने भएको छ । तराई मधेशको मुद्दामा खबरदारी गर्दै आएका अभियानको राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुने बताइएको हो ।

अभियानका संयोजक एवं अधिवक्ता विकास ठाकुरले राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए ।

दुई दिनसम्म चल्ने सो राष्ट्रिय भेलमा अभियानको तर्फबाट राजनीतिक एवं समाजिक प्रतिवेदन र अभियानको अवधारणा प्रस्तुत हुने उनले बताए । भेलाले अभियानको विधान पनि पारित गर्नुको साथै नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ ।

यस अभियानमा एकजना संयोजक र बाँकी सबैजना केन्द्रीय सदस्य रहेका छन् । ३५ सदस्यीय केन्द्रीय समिति रहेको छ । संयोजक ठाकुरले अभियान राजनीतिक दल नभएको तर यसको संरचना र अवधारणा राजनीतिक दल जस्तै भएकाले तराई मधेशमा राजनीतिक दल जस्तै स्वतन्त्र रुपमा काम गरिरहेको बताए ।

संविधान संशोधनको मुद्दादेखि लिएर नागरिकताको सवाल, भाषा, समानुपातिक समावेशी, आरक्षण, नीति निर्माणका लगायतका क्षेत्रको काममा गैरजिम्मेवारी रहेको छ ।