काठमाडौं : पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जनामा संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । तर नेपालमा कोरोनाको संख्या शुन्य हुन सकेको छैन । विगतको तुलनामा कोभिडबाट संक्रमित हुनेको संख्या कम भएको हो ।
तपाइँको प्रतिक्रीया