२०८२ असार ७ शनिवार

राशिफल

क्रेनको ठक्करले छात्राको मृत्यु, अवस्था गम्भिर

काठमाडौं  : सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा मृत्यु भएको छ । साइकलमा सवार छात्राको मृत्युपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गरिरहेका छन् ।

स्थानीयले घटनास्थलबाट शव उठाउन नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । प्रजिअ गौतमले भने–‘वार्ताको प्रयास भइरहेको छ, राजनीतिक दलहरूसँग समन्वय गर्दैछु ।

’ घटनास्थलमा करिव ८ सय विद्यार्थी र स्थानीय भेला भएर प्रदर्शन गरिरहेका छन् । क्रेन चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले छात्रलाई ठक्कर दिने क्रेन जलाएका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार सर्लाहीको दुर्घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर दुर्घटनापछि सिर्जित परिस्थितिलाई शान्तिपूर्ण समाधान गर्न गृहमन्त्री खाणले प्रजिअलाई निर्देशन दिएका हुन् ।