२०८२ जेठ २२ बुधबार

राशिफल

फिफा वरीयतामा ब्राजिल पहिलो, नेपाल १६८औं स्थानमा

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो ।

यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ ।

दक्षिण एसियामा १०६ स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् । यसैगरी १८७ स्थानमा रहेको भुटान चौँथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौं, १९७ स्थानमा रहेको पाकिस्तान छैटौं र २०५ स्थानमा रहेको श्रीलंका सातौं स्थानमा छ ।

वरीयताको शीर्ष स्थानमा भने ब्राजिल रहेको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ ।