काठमाण्डौं ः भारतीय जनता पार्टी भाजपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो मुख्यालयमा स्वागतको तयारी गरेको छ। भाजपाका प्रवक्ता गुरु प्रकाशले देउवाको स्वागत तयारी भइरहेको बताए।
उनका अनुसार भाजपा केन्द्रीय कार्यालय दिनदयाल उपाध्याय मार्ग नयाँ दिल्लीमा देउवाको स्वागतमा सरसफाइदेखि आवश्यक सुरक्षा तयारी भइसकेको छ।
शुक्रबार प्रधानमन्त्री देउवा ३१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपरान्ह नयाँदिल्ली आइपुगेपछि बीजेपी मुख्यालयमा स्वागत तथा सम्मान गरिने छ। नेताहरूसँग अन्तर्क्रिया पनि हुने छ।
तपाइँको प्रतिक्रीया