काठमाण्डौ : बाढीपहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत अन्तिम चरणमा पुगेको छ । मुख्य संरचनाको मर्मत र सफाइ अन्तिम चरणमा पुगेसँगै सुरुङ परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिए ।
गएको असार १ र साउन १७ गतेको बाढीका कारण प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८ सय ५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया