२०८२ असार ७ शनिवार

राशिफल

प्रधानमन्त्री देउवाको भारत भ्रमणप्रति एमालेको आपत्ति

काठमाडौँ, २१ माघ रक्षा मन्त्रालयको आ.व. २०७८/७९को दोस्रो त्रैमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको शुक्रबार रक्षा मन्त्रायमा बसेको बैठकमा सहभागी प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रश्न उठाएको छ । प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।

तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन, प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।

देउवाको भ्रमण निजीपारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् ।