२०८२ असार ७ शनिवार

राशिफल

सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गयो

काठमाडौं : मोरङको विराटनगर महानगरपालिका १४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङकै विराटनगर महानगरपालिका ९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।

गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराति १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।