२०८२ असार ७ शनिवार

राशिफल

प्राय अधिकांश स्थानीय तहमा उम्मेदवारी रहन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लिङ्देनले पार्टीले राम्रो चुनावी नतिजा हासिल गर्ने पनि दावी गरे ।

उनले राप्रपा स्थानीय तहको निर्वाचनमा एक्लै जाने भन्दै स्थानीय तह भने आवश्यकताको आधारमा चुनावी तालमेल गरेर जान सकिने बताए । राप्रपाले अघिल्लो स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय तह मध्ये ४० प्रतिशत स्थानमा मात्रै उम्मेदवारी खडा गर्न सकेको स्मरण पनि गरे ।

उदयपुरमा हुन लागेको राप्रपाको निर्धारित कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर हुँदै उदयपुर गएका छन् ।