२०८२ असार ७ शनिवार

राशिफल

आवश्यकता अनुसार गठबन्धन गर्न सकिन्छ : मन्त्री रेणुकुमारी यादव

काठमाडौं :  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताएकी छिन् ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताएकी हुन् ।

उनले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताइन् । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो ।