काठमाण्डौं : औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । नेपाल र भारतका प्रधानमन्त्री शनिबार दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट शनिबार गर्न लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।
रेल उद्घाटन भएर सञ्चालनमा आएपछि रेलमा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने गरी नियम बनाइएको छ । सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने हुन्छ ।
नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि हुने झाले जानकारी दिए । यस्तै आकस्मिक प्रवेशका महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।
त्यस्तै १० देखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने झाले बताए।
शनिवार १२ बजेदेखि १२ : ३० बजेसम्म रेल्वे उद्घाटनको समय तालिका रहेको छ ।
तपाइँको प्रतिक्रीया