काठमाडौं : चीनले केही अमेरिकी अधिकारीमाथि भिसा (प्रवेषाज्ञा)मा प्रतिबन्ध लगाउने भएको छ ।
मानवअधिकार उल्लंघन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो ।
‘चिनियाँ पक्षले केही अमेरिकी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । उनीहरुले मानव अधिकारको विषयमा अफवाह फैलाएको र चीनविरुद्ध प्रतिबन्ध लगाउनुका साथै चीनको स्वार्थमा क्षति पुर्याएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जनाएका छन् ।
तपाइँको प्रतिक्रीया