२०८२ असार ७ शनिवार

राशिफल

श्रोत नखुलेको ८ लाख नगदसहित २ जना पक्राउ

काठमाडौं  :  महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो छन् ।

सशस्त्र प्रहरीका अनुसार आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको हो ।

रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई चेकजाँच गर्दा श्रोत नखुलेको रकम फेला परेको पारेको जनाएको छ घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।