२०८२ असार ७ शनिवार

राशिफल

अब कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई प्रदान

काठमाडौ  :  प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खानलाई तोकेकी हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उनको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ ।

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार तीन दिने भारत भ्रमणका प्रस्थान गरिसकेका छन् ।