काठमाडौं : वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण रोक्न पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा उजुरी दिएको छ ।
अभियानका संयोजक रामबहादुर पौडेलका अनुसार पोखरा महानगरपालिका– १८ अँधेरी कुनादेखि सुरु भई वडा नं २, ४, ५, ८, ७, ६ हुँदै वडा नं १७ फेवातालमा समाहित हुने फिर्के खोलामा चरम अतिक्रमण गरी संरचना निर्माण भइरहेको र पटक–पटक जानकारी गराउँदा समेत यस विषयमा पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको व्यहोरा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रीया