२०८२ असार ७ शनिवार

राशिफल

भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त

काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।

सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो ।

४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिए ।

भूमि आयोगमा सरकारले मनोनित गरेका अध्यक्षहरु सत्तारुढ दलको भागवण्डाको आधारमा तय गरिएको छ ।

अध्यक्ष र भूमि विज्ञसहित अरु दुई जनालाई दलीय भागबण्डामा जिल्लामा मनोनित गरिने व्यवस्था छ ।