काठमाडौं : रुपन्देही तिलोत्तमा नगरपालिका २ योगीकुटीमा शुक्रबार बिजुलीको तार सर्ट भएर आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्थानीय युवराज न्यौपानेको १ तले पक्की घरमा रहेको मेघा श्री कोल्ड स्टोर र मेघा जनरल स्टोरमा आगलागी हुँदा स्टोरमा रहेका किराना सामान, रक्सी तथा अन्य पेय पदार्थ जलेको हो ।
आगो बुटवल उपमहानगर पालिका र तिलोत्तमा नगरपालिको दमकल र स्थानीयको सहयोगमा नियन्त्रण लिएको हो । प्रहरीले क्षतिको पुर्ण विवरण अझै आउन बाँकी रहेको जानकारी दिएको हो ।
तपाइँको प्रतिक्रीया