काठमाण्डौं : श्रीलङ्कामा आपत्काल घोषणा गरिएको छ । आर्थिक सङ्कटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपत्काल घोषणा गरेको हो । आपत्कालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् ।
‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपत्काल घोषणा गरिएको’ उनले एक घोषणामा भनेका छन् ।
तपाइँको प्रतिक्रीया