२०८२ असार ७ शनिवार

राशिफल

प्रधानमन्त्रीले बोलाएन भन्ने ओलीको आरोप साँचो होइन : काँग्रेस प्रवक्ता

काठमाडौं :  काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् ।

देउवाले छलफल गर्न चाहेर बोलाएको तर ओलीसहितका विपक्षी दलका अन्य नेताहरू काठमाडौंबाहिर रहेकाले छलफल गर्न सम्भव नभएको उनले स्पष्ट पारे । उनले ओलीको आरोपलाई झुट भनेका छन् । अध्यक्ष ओली जनतातिर फर्केर राष्ट्रियताको ठूला कुरा गर्ने र सम्बन्धित ठाउँमा  नबोल्ने नेता भएको प्रवक्ता महतको आरोप छ । काँग्रेस भने सशक्त ढंगले सम्बन्धित ठाउँमा सुस्पष्ट ढंगले कुरा राख्ने पार्टी भएको बताए ।

भारत भ्रमणमा रहेका काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सीमासम्बन्धी सवाल उठान गर्ने र ढिलो चाँडो टुंगो लाग्ने बताए ।