२०८२ असार ४ बुधबार

राशिफल

पत्रकारिताकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो :  शर्मा

काठमाडौं  :  बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु विफल पार्दै निडरतापूर्वक अघि बढेको बताएका छन् ।

उनले शनिवार हेटौंडामा आयोजित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताएका हुन् ।

प्रदेश प्रमुख शर्माले आगामी दिनमा पत्रकारिता क्षेत्रमा प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै पत्रकारहरुले पनि त्यसको रक्षाका निम्ति उत्तीकै जिम्मेवार रहनुपर्नेमा बताए ।

उनले सञ्चारमाध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।