२०८२ असार ७ शनिवार

राशिफल

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुँदै

काठमाडौं  :   इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।

उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्ने गरिन्छ । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधि रमाउने प्रचलन छ ।

सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना हाम्रो लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता रहेको छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खाआदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलको बताएका छन । यसो गर्नाले सुःख शान्ति मिल्ने विश्वास रहेका छ ।