२०८२ असार ७ शनिवार

राशिफल

लोडसेडिङ नभएको नेपाल विधुत प्राधिकरणको दावी

काठमाडौं  :  एक सातायता उद्योगहरूमा १२ घण्टासम्म विद्युत् कटौती गरेको आरोप उद्योगीरव्यवसायीहरूले लगाइरहँदा नेपाल विद्युत् प्राधिकरणले ‘लोडसेडिङ’ नभएको दाबी गरेको छ ।

उद्योगीरव्यवसायीले प्राधिकरणमाथि विद्युत् प्रवाहमा भेदभाव गरेको आरोप समेत लगाएका छन् । तर, प्राधिकरणले भारतबाट महँगो दरमा किनेरै भए पनि उद्योगमा विद्युत् आपूर्तिमा कमी हुन नदिइएको दाबी गरेको हो ।

प्राधिकरण र व्यवसायीबीच बिजुलीलाई लिएर पछिल्लो सातायता जुहारी नै चलेको छ । उद्योगीरव्यवसायीहरूको छाता संस्थामध्ये एक नेपाल उद्योग वाणिज्य महासंघका औपचारिक कार्यक्रममै हाल उद्योगहरूमा १२ घण्टा लामो लोडसेडिङ भएको बताएको छ ।