काठमाडौं : दीपेन्द्रसिंह ऐरीको शतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । ५७ बल खेलेका उनले १० चौका र ६ छक्काको सहयोगमा नट आउट ११० रन बनाए । दीपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो ।
नेपालका लागि रोहित कुमार पौड्यलले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे । रोहितलाई मोहमद आमिरले क्याच आउट गराए ।
तपाइँको प्रतिक्रीया