काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने दावी गरेका छन् । गएको बिहीवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले यस्तो कुरा बताएका हुन् ।
मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए उनले बताएका छन् । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाएका हुन् ।
अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको समेत उनले उल्लेख गरेका छन् । अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको जानकारी दिएका छन् ।
‘मेलम्ची खानेपानीको एक नम्बर गेटबाट पानी पठाउने काम भएको छ । १७ नम्बर गेट खुलेको छ । २१ नम्बर ९ नम्बर र ३८ नम्बर गेट पनि तयारी भएको छ । अहिले ९ नम्बर बन्ने तयारीमा छ । ९ नम्बर गेट बन्द हुने वित्तिकै सबै पानी छाड्छौं मन्त्री चौधरीले भने,‘ १७ नम्बर गेट भित्र भएको लेदोहरु सफा हुन्छ ।
गेटहरु बन्द हुन्छ । पानीलाई पथान्तर गरेर काठमाडौंको सुन्दरीजलको १७ करोड ट्रिटमेन्ट पलान्टमा पठाउँछौं । १० दिनमा त्यो काम सकिन्छ । हाम्रा केही प्राविधिक कठिनाईहरु छन् । घोषणा गरेको समय अवधिभित्र नै हामी काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउछौं ।’
तपाइँको प्रतिक्रीया