२०८२ जेठ २२ बुधबार

राशिफल

माओवादीद्वारा निर्वाचनलक्षित तेश्रो विशेष परिपत्र जारी

काठमाडौं :  नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित तेश्रो परिपत्र जारी गरेको छ ।

शुक्रबार सो पार्टीले तेश्रो विशेष परिपत्र जारी गरेको हो । आन्तरिक परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन दिइएको छ ।

बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डले विशेष परिपत्र जारी गरेका हुन् । परिपत्रमा उम्मेदवार देश, जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

उम्मेदवार छनौटको मापदण्ड :
१। विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने
२। देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको
३। स्वच्छ छवि भएको
४। विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५। पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६। समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने