काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दावी गरेका छन् ।
अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको समेत उल्लेख गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौं स्थानीय तहमा राम्रो काम नभएको अध्यक्ष दाहालले प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैं समस्या आउने गरेको बताएका हुनु् ।
तपाइँको प्रतिक्रीया