२०८२ असार ७ शनिवार

राशिफल

चार दलको संयुक्त बैठक सुनसरीमा

काठमाडौं :  आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणामलाई गठबन्धनको पक्षमा बनाउन सुनसरीका चार दलहरुले संयुक्त बैठक गरेका छन् । सत्ता साझेदार दलहरुको दलीय गठबन्धनको सुनसरी जिल्लास्तरीय बैठक शुक्रबार बसेको हो ।

बैठक स्थानीय तह निर्वाचन केन्द्रित भएको बताइएको छ । बैठकले गठबन्धनका लागि प्रत्येक दलले जिल्ला स्तरीय संयन्त्रका लागि एक÷एक जना प्रतिनिधि तोक्ने निर्णय गरेको छ ।

साथै पालिका र वडास्तरको रिपोर्टसहितको बैठक यही चैत्र २१ गते पुनः बस्ने निर्णय भएको बैकठमा सहभागी नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालले बताए । आगामी बैठक नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय इनरुवामा बस्ने बताइएको छ ।

१८ गतेको बैठक नेपाली काँग्रेसका सुनसरी सभापति केदार भण्डारीको अध्यक्षतामा बसेको थियो । उनी ५ दलीय गठबन्धन सुनसरीका संयोजक हुन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सुनसरी संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु) नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की सहभागीमा रहेका थिए ।