काठमाडौं : नेपाल–भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ ।
शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको हो ।
भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ ।
सचिव श्रृंगलाले भनेका छन्, दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भयो, यस विवादलाई छलफल र संवादको माध्यमबाट समाधान गर्ने समझादारी भएको छ ।’
सीमा विवादलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको र त्यसलाई दुवै देशले बेवास्ता गर्न आवश्यक रहेको विषयमा समेत दुई देशका प्रधानमन्त्री बीच सहमति भएको उनले बताए ।
तपाइँको प्रतिक्रीया