काठमाडौ : यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार यता सुनको मूल्यमा प्रतितोला १२ सय रुपैयाँको गिरावट आएको हो ।
गत साताको शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, गतसाता तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ छ । यस्तै, यो सातामा तेजाबी सुनको मूल्य पनि १२ सय रुपैयाँले नै घटेर प्रतितोला ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ ।
तपाइँको प्रतिक्रीया