काठमाडौं : कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोदावरी नगरपालिका ३ का ३८ वर्षीय विनोद बोहराको शव आफन्तले बुझेका छन् ।
शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बोहराको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको अस्पताल तोडफोड गरेका स्थानीयले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि शनिबार शव बुझेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने, प्रमुख जिल्ला अधिकारीको समन्वयमा घटनाको छानबिन गर्ने र प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार गर्ने सहमतिपछि स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । डीएसपी जोशीका अनुसार आफन्तले शनिबार नै शव बुझेका हुन् ।
तपाइँको प्रतिक्रीया