२०८२ असार ७ शनिवार

राशिफल

देशको पहाडी भू -भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना

काठमाडौं :  हाल देशमा भारतको बिहार देखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ।


आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै सोमबार पनि प्रदेश १ मा आंशिक देखि सामान्य बदली र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू भागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू- भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।