२०८२ जेठ ३२ शनिवार

राशिफल

नेकपा माओवादी अध्यक्ष प्रचण्डले आज सहिद रामवृक्ष यावदको शालिक अनावरण गर्ने

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपुर पुगेका छन् ।

सहिद रामवृक्ष यावदको शालिक अनावरण गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृतिसभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए ।

तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।

पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनकोे हत्या भएको थियो ।