काठमाडौं : साताको पहिलो दिन आज आइतवार सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, गत शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ ।
तपाइँको प्रतिक्रीया