काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । आज आइतबार बिहान विशेष विमानबाट प्रधानमन्त्री देउवा बनारस पुगेका हुन् । प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गुलाबको फूल दिएर स्वागत गरेका थिए ।
बनारसमा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजा अर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।
तपाइँको प्रतिक्रीया