२०८२ जेठ ३२ शनिवार

राशिफल

तीन प्रहरी नायव महानिरीक्षक डीआईजीको रिटमा आइतबार सुनुवाइ हुँदै

काठमाडौं :  प्रहरी अतिरिक्त महानिरीक्षक डीआईजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका तीन प्रहरी नायव महानिरीक्षक डीआईजीको रिटमा आइतबार सुनुवाइ हुँदैछ ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ । डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन् । रिटमा उनीहरूले कनिष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।

उनीहरूले सर्वोच्च जानुअघि बढुवा विरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस भएका डीआईजीहरूको बढुवा गरेको थियो ।